रोकिराखेको जिप खोलामा खस्दा आमाछोरीको मृत्यु

मंसिर ८, २०७७ | बाग्लुङ

बाग्लुङको बडिगाड गाउँपालिका वडा नम्बर ६ मा रोकिराखेको लु १ ज ४३७० नम्बरको जिप गुडेर खोलामा खस्दा आमाछोरीको मृत्यु भएको छ । 

दुर्घटनामा २३ बर्षकी टेकमाया श्रीष र उनकी एक वर्षकी छोरीको मृत्यु भएको हो । चालकले सामान राख्न लागेको बेला जिप गुडेर खसेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते एक जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

त्यस्तै धादिङको गजुरी गाउँपालिका ५ गलौदिमा टिप्पर र कार एक–आपसमा ठोकिदा त्रिपुरासुन्दरी गाउँपालिकाका १ का २४ वर्षिय दिपेश बिकेको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । 


प्रतिक्रिया