गुल्मीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा १२ घाइते

माघ १, २०७७ | गुल्मी

गुल्मीबाट जन्ती बोकेर स्याङजातर्फ जाँदै गरेको जीप दुर्घटनामा परी १२ जना घाइते भएका छन् । गुल्मीको कालीगण्डकी गाउँपालिका– २ अर्बेनी कोटदेखि बिहेका लागि जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जीप सोही वडाको खर्क नजिकैको ओरालोमा दुर्घटनाग्रस्त भएको हो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । 

 घाइतेको स्याङजाको मिर्मीमा उपचार भइरहेको छ । ओरालो झर्दा ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरेपनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया