राप्ती नदीमा बगेर युवक बेपत्ता

माघ १, २०७७ | दाङ

पौडी खेल्ने क्रममा राप्ती नदीमा बगेर दाङ राजपुरका एक युवक बेपत्ता भएका छन् । राप्ती नदीको बेलाघाटमा पौडी खेल्ने क्रममा आज दिउँसो राजपुर गाउँपालिका २ का २७ वर्षीय प्रदिप चौधरी बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । 

माघीको अवसरमा राप्ती किनारमा वनभोज खाएर पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरिक्षक राजकुमार भट्टले बताउनुभयो । अहिले प्रहरी र स्थानीयको सहयोगमा उनको खोजी भैरहेको उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया