ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान

माघ ६, २०७७ | काठमाडौं

चार वर्षदेखि अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एअरलायन्सले काठमाडौंबाट चीनको ल्हासाका लागि परीक्षण उडान गरेको छ । हिमालयका अनुसार एचनाइन–९६१ विमानले बिहान सवा ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्हासाका लागि उडान भरेको थियो । सो विमान नेपाली समय अनुसार ल्हासाको गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान पौने ११ बजे अवतरण भएको थियो । 

सो विमान अपरान्ह ल्हासाबाट काठमाडौं फर्किएको छ । परीक्षण उडानका लागि हिमालयले न्यारोबडी हवाई जहाजए ३१९–११५ उडाएको छ । यो उच्च उचाइको उडान भर्नका लागि परिमार्जित गरिएको विमान हो । यस्तो परिमार्जित विमानले अधिकतम १४ हजार ५ सय फिटसम्मको एअरोड्रम उचाइ भएको ट्रान्स हिमालयन मार्गहरु भएर उड्ने क्षमता राख्दछ । हिमालयले हाल चारवटा जहाजबाट काठमाडौंदेखि ढाका, अबुधाबी, दमाम, दोहा, क्वालालम्पुर तथा चीनको बेइजिङ्ग र छोङछिङमा उडान सेवा भर्दै आएको छ । 


प्रतिक्रिया