कांगेसले नयाँ सरकार बन्ने अवस्था आए निर्णय गर्ने

माघ ७, २०७७ | काठमाडौं

गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र प्रतिपक्ष जनता समाजवादी पार्टीले सरकार फेरबदलका लागि तत्काल कुनै कदम नचाल्ने जनाएका छन् । अहिले सत्तासीन नेकपाको फुटले औपचारिकता नपाएको भन्दै कांग्रेसले तत्काल कसैले मुृख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याए समर्थन वा बिरोध नगर्ने भएको हो । 

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले तत्काल सरकार फेरबदलमा लाग्दा राजनीतिक अस्थिरता निम्तिने उल्लेख गर्नुभयो । नेकपा विभाजनले औपचारिकता नपाएसम्म कांग्रेस कुनै गतिविधिमा संलग्न नहुने उहाँको भनाई थियो । प्रदेशसभा सदस्य कुमार खड्काले अहिलेकै अवस्थामा पनि गण्डकी सरकार अल्पमतमा रहेकाले मुख्यमन्त्री आफैंले विश्वासको मत लिनुपर्ने अवस्था रहने र नयाँ सरकार बन्ने बेला बल्ल कांग्रेसले निर्णय गर्ने बताउनुभयो ।

यस्तै जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संवैधानिक कु भएकाले सो कदमको पक्षपोषण गर्ने समुहलाई समर्थन नगर्ने स्पष्ट पार्नुभयो ।


प्रतिक्रिया