नेवा: भूमि संरक्षण गर्न अझै सशक्त भएर लाग्ने चेतावनी

माघ ९, २०७७ | ललितपुर

राज्यद्धारा विकासको नाममा नेवा: भुमि, संस्कृति, सम्पदा समाप्त पार्न खोजेको भन्दै यसविरुद्ध अझै सशक्त ढंगबाट एकीकृत रुपमा आन्दोलन थाल्ने नेवा अधिकारकर्मीहरुले चेतावनी दिएका छन् ।११ औ नेवा: एकता दिवसको अवसरमा ललितपुरको खोकनामा आज आयोजित सभालाई सम्बोधन गर्दै उनीहरुले नेवा: सभ्यता बचाउन सबै जान एकजुट भएर लाग्ने बताएका हुन् । 

नेवा देय् दबूका अध्यक्ष नरेश ताम्रकारले संविधानमा आदिवासी नेवाहरुको मूल माग पहिचानसहितको स्वायत्ता र स्वशासन बारेमा सम्बोधन नभएको भन्दै संशोधन गर्न आन्दोलन जारी राख्ने बताउनुभयो ।

जनसरोकार समिति खोकनाका संयोजक नेपाल डंगोलले उपत्यकका आदिवासी नेवारहरुलाई विभिन्न बहानामा राज्यले दमन गरिराखेको भन्दै नेवाहरुले छुट्टाछुट्टै रुपमा गर्दै आइरहेको आन्दोलत केन्द्रिकृत र एकिकृत ढंगबाट अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रमा नेवा: स्वायत्त राज्य सुनिश्चित गर्नु नै नेवा: राजनितिक आन्दोलनको मुख्य उद्देश्य हो । सो उद्देश्य प्राप्तका निम्ति नेवा: स्वायत्त राज्य मंका संर्घष समिति नेपाल संम्वत ११३० मा दशरथ रंगशालामा जनस्तरबाट नेवा: स्वायत्त राज्य घोषणा गरेको थियो ।


प्रतिक्रिया