दोलखा कारागारका कैदीबन्दीलाई पनि कोरोनाविरुद्धको खोप

माघ २३, २०७७ | दोलखा

दोलखास्थित जिल्ला कारागारमा रहेका एक सय ५२ जना कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । 

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाईकर्मी, स्वयंसेविका, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई खोप लगाउने भनेपनि खोप लगाउनेको संख्या निकै न्यून भएपछि कारागारमा रहेका कैदीबन्दीलाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विभुकुमार झाले बताउनुभयो । कारागारमै पुगेर स्वास्थ्यकर्मीको टोलीले हिजो र आज खोप लगाएको हो ।

 खोपप्रतिको प्रभावकारितामाथि आशंका व्यक्त गर्दै दोलखामा अग्रपङ्तिमा काम गर्नेहरु नै खोप लगाउन नमानेको उहाँको भनाई छ । दोलखामा अहिलेसम्म १ हजार ४ सय ६३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयकै परिपत्रका आधारमा कैदीबन्दीलाई खोप लगाईएको उहाँको भनाई छ । 


प्रतिक्रिया