माटोको ढिस्कोले पुरिएर टीकापूरमा तीन जनाको मृत्यु

माघ २४, २०७७ | कैलाली

कैलालीको टीकापूरमा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ । अन्य दुई घाईते भएका छन् । कैलालीको जानकी गाउँपालिका– ९ पूर्वी खैरीफाँटामा घर पोत्ने माटो खन्ने क्रममा उनीहरुको मृत्यु भएको हो ।

 इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेका अनुसार मृत्यु हुनेमा पुर्वी खैरीफाटाका २० वर्षीया भावना ओड, ३१ वर्षीया गंगा जैगडी र १७ वर्षीया धनसरी विक छन् । घटनामा परेर काजल विक र अञ्जु जैगढी घाईते भएका छन् । घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरी नायव उपरिक्षक न्यौपानेले जानकारी दिनुभयो ।  


प्रतिक्रिया