रातो मत्स्येन्द्रनाथ रथ तान्ने क्रममा पक्राउ परेका सबै छुटे

माघ २६, २०७७

पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपमा पक्राउ परेका सबै जना सोमबार रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक घटनामा पक्राउ परेका २४ जनालाई विरुद्ध उभद्ध व्यवहार अन्र्तगत मुद्दा चलाइएको थियो । छुट्नेहरुमा महेश बज्रचार्य, पृथविन्दु महर्जन, यादवलाल कायस्थ, ध्रुवराज बज्रचार्य, श्याम था, रवि शाक्य, असोज महर्जन, रविन शाक्य, सुविन शाक्यलगायत छन् ।

प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बयानको आधारमा उनीहरुलाई कसुरको मात्रा हेरेर न्युनतम सजाय गरि छोड्ने फैसला गरेको बताउनुभयो । राष्ट्रप्रमुख उपस्थित भएर सम्पन्न गरिने मत्स्येन्द्रनाथ रथ यात्रा बारेमा सरकारले अनिर्णयको बन्दी बनाएर विचल्लीमा पारेको भन्दै उनीहरु भाद्र १८ मा स्वस्फुर्त रुपमा बाहिर निस्केका थिए ।

झडपपछि क्षमापूजा गरेर भाद्र २१ मा रथ तानेर पुल्चोकबाट अलि पर सोह्रखुट्टे पाटीसम्म पुर्‍याइ भोलीपल्ट जात्रा मनाइएको थियो । भाद्र २६ मा मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखेर बुङमती प्रस्थान गरिएको थियो । परम्परा अनुसार मत्स्येन्द्रनाथ सुर्य दक्षिणयण हुँदा ६ महिना बुङमती र उत्तरयण हुँदा ६ महिना पाटन मत्स्येन्द्रबहालस्थित मन्दिरमा बास बसालिन्छ । कोभिड–१९ कारणले यस वर्ष नरिवल खसाल्ने र भोटो भने देखाइएन । 


प्रतिक्रिया