बास्तोला पुन: पक्राउ

फाल्गुन १०, २०७७ | काठमाडौं

सर्वोच्च अदालतको आदेशले रिहा भए लगतै प्रतिवन्धित नेत्रविक्रम चन्द समूहका नेता धर्मेन्द्र बास्तोला पुन: पक्राउ परेका छन् । 

सर्वोच्चमा दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको थियो । तर, काठमाडौं प्रहरीले उनलाई सर्वोच्च अदालतको गेटबाटै पुन: पक्राउ गरेको हो ।

 बास्तोला गत पुस २९ गते ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ परेका हुन् । उनीविरुद्ध जिल्ला प्रहरी काभ्रेमा पनि उजूरी परेकोले पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ । प्रहरीले बांस्तोलालाई काभ्रे लगेको छ । 


प्रतिक्रिया