पशुपतिनाथको शिवलिङ्गलाई सुनको जलहरी

फाल्गुन १२, २०७७ | काठमाडौं

पशुपतिनाथको मूल शिवलिङ्गलाई सुनको जलहरीले ढाकिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पूजा आराधनापछि पशुपतिनाथको मूल शिवलिंगलाई सुनको जलहरीले ढाकिएको हो । पशुपतिनाथमा रहेको चाँदीको जलहरी जीर्ण भएपछि सुनको आवरणले ढाकिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताउनुभयो ।

 ८० करोड रुपैयाँको लातमा १ सय ८ किलोको सुनको जलहरी लगाईएको उहाँले जानकारी दिनुभयो । सुनको जलहरी लगाउन पाँच दिनदेखि पशुपतिनाथमा विधिपूर्वक पूजाआजा भइरहेको थियो ।

 राष्ट्रपति भण्डारीले आज सुनको जलहरी अनावरण गर्नु भएको हो । गत महिना पशुपतिनाथमा पूजा गर्न जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको मूल शिवलिंगलमा सुनको जलहरी राख्ने घोषणा गर्नु भएको थियो । सोही घोषणा अनुसार आज पशुपतिनाथको मूल शिवलिंगलमा सुनको जलहरी राखिएको हो । 


प्रतिक्रिया