हात्तीको आक्रमणबाट कञ्चनपुरकी एक महिलाको मृत्यु

फाल्गुन १३, २०७७ | कञ्चनपुर

भारतको दुधुवा नेशनल पार्कमा दाउरा लिन गएकी कञ्चनपुरकी एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । 

कञ्चनपुरको पुनर्वास नगरपालिका–९ ख गाउँकी धनादेवी थापाको बिहीबार हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमरबहादुर थापाका अनुसार मृतक महिलाको शव ल्याउने विषयमा पहल भईरहेको छ । 

भारतीय सुरक्षाकर्मी र वनकर्मीसँग यस विषयमा छलफल भइरहेको डीएसपी थापाले जानकारी दिनुभयो । 


प्रतिक्रिया