दाहाल–नेपाल समुहद्वारा निर्वाचन आयोगको कार्य-शैलीप्रति प्रश्न

फाल्गुन १५, २०७७ | काठमाडौं

नेकपाको दाहाल–नेपाल समुहले निर्वाचन आयोगको कार्यशैलीप्रति प्रश्न उठाएको छ । सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जाल मार्फत आयोगको कार्यशैली र भूमिकालाई लिएर प्रश्न उठाउनुभएको हो । दल विभाजन सम्बन्धी निवेदनमाथि आयोगले कारबाही प्रक्रिया अगाडि नबढाएकोमा असन्तुष्टि जनाउँदै प्रवक्ता श्रेष्ठले आयोगसमक्ष प्रश्न गर्नुभएको हो । 

पार्टीले विधानसम्मत गरेको संगठनात्मक निर्णयको जानकारी गराएर अध्यावधिक गर्न अनुरोध गर्दा नगर्ने, अदालतले दिएको सकारात्मक निकासलाई कार्यान्वयन हुनबाट रोक्न आयोग हतियार बनन सक्ने लगायत विषय उठाउनुभएको छ । उहाँले प्रश्नसँगै आयोगले सही निर्णय लिनेमा आफूहरुको विश्वास रहेको भन्दै छिटो निर्णय लिन पनि आग्रह गर्नुभएको छ । निर्वाचन आयोगले भने नेकपाको विवाद चाँडै निरुपण गर्ने बताउँदै आएको छ ।


प्रतिक्रिया