उत्तरगयामा जेष्ठ नागरिकको सम्मान र स्वास्थ्य परीक्षण अभियान सुरु

फाल्गुन १७, २०७७ | रसुवा

रसुवाको उत्तरगया गाउँपालिकाले जेष्ठ नागरिकको सम्मान तथा स्वास्थ्य परीक्षण अभियान थालेको छ । गाउँपालिकाले आइतबारदेखि वडा नम्बर ४ बाट यो अभियान सञ्चालन गरेको हो । 

जेष्ठ नागरिकहरुलाई सम्मान गर्न यस किसिमको अभियान थालिएको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताउनुभयो । गाउँपालिकाले ५ वटै वडाका ७० वर्ष भन्दा माथिका ५ सय ११ जना जेष्ठ नागरिकहरुलाई सम्मान तथा स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम राखिएको गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत अर्जुन खड्काले बताउनुभयो । 

गाउँपालिकाले नागरिकको सेवाका लागि घरदैलोमा पुगेर निशुल्क स्वास्थ्य बीमा, खादा लगाएर सम्मान, हर्लिक्स, बिस्कुट वितरण र निशुुल्क आँखा परीक्षण गरेको छ । निशुुल्क आँखा परीक्षण गरेका जेष्ठ नागरिकहरुलाई निशुुल्क चस्मा र औषधि समेत वितरण गरिएको उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुुरुङले बताउनुभयो ।


प्रतिक्रिया