सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर

चैत्र ५, २०७७ | प्यूठान

प्यूठानको बुढाचौर सामुदायीक वन क्षेत्रमा मंगलबार विहानदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । मल्लरानी गाउँपालिका ४ र प्यूठान नगरपालिका १ को सीमा क्षेत्रमा पर्ने वनमा लागेको डढेलोले अहिलेसम्म सयौं हेक्टरमा क्षती पुगिसकेको छ । 

 सामुदायिक वन उपभोक्ता समुह, जिल्ला वन कार्यालयका कर्मचारी, सुरक्षा फौजले आगलागी नियन्त्रण लिन गरेको प्रयास असफल भएको सहायक वन अधिकृत दिपक केसीले बताउनुभयो । चार वर्षदेखि झांगिएको सल्लेरी वनमा आगलागी भएकाले नियन्त्रणमा लिन नसकिएको उहाँको भनाई थियो ।

जंगलको आगो प्यूठान नगरपालिका १ को खैरा स्थित ढाड र खैराकोटको बस्ती क्षेत्रमा समेत सल्कन सक्ने भन्दै स्थानीय त्रसित छन् । जंगलमा लागेको आगो बस्ती क्षेत्रमा पस्न नदिनको लागि सुरक्षा टोली खटाइएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो । बस्ती क्षेत्र जोगाउनकालागि प्यूठान नगरपालिकाले दम्कल तयारी अवस्थामा राखिएको प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले बताउनुभयो । 


प्रतिक्रिया