दश वर्षमा पनि बनेन पुल

चैत्र १४, २०७७ | धनकुटा

भोजपुर र संखुवासभा जोड्न अरुण नदीको लम्छुवाघाटमा निर्माण गरिनु पर्ने पक्की पुल सम्झौता भएको दश बर्ष बितिसक्दा पनि अन्यौलमा छ । 

२०६७ सालमा सम्झौता भएको सो पुल २०७२ सालमा निर्माण सम्पन्न गरिसक्नु पर्ने थियो । तर, ठेकेदारको लापरवाही र सरोकारवालाको बेवास्ताका कारण पुल निर्माण हुन नसकेको स्थानीयबासीको गुनासो छ ।

काम छोडेर ठेकेदार सम्पर्क विहिन बनेपछि पुल निर्माण कार्य अलपत्र परेको षडानन्द नगरपालिकाका प्रमुख बीरबल राईले बताउनुभयो । सडक विभागको वेवास्ता र ठेकेदारको लापरवाहीका कारण १ सय ६७ मीटर लम्बाईको सो पुलको २० प्रतिशत कार्य भएपछि अलपत्र अवस्थामा रहेको छ । 

पक्की पुल निर्माणको लागि १६ करोड ६३ लाख बजेट विनियोजन गरिएको थियो । १ सय ६७ मीटर लम्बाई मध्ये १२ मीटर कार्य थालेपछि सतहमा चट्टान भेटिएको भन्दै निर्माण कम्पनीले आलटाल गर्न थालेको थियो । 


प्रतिक्रिया