बागलुङ घटनाका ८ जना आरोपी पक्राउ

चैत्र २०, २०७७ | बागलुङ

बागलुङको बल्देधुरीमा दुई जनाको हत्या भएको घटनाका ८ जना आरोपितलाई प्रहरीले पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बडिगाड गाउँपालिका–१० का २८ वर्षीय रेशम बुढामगर, ४६ वर्षीय ढालबहादुर बुढा, ३१ वर्षीय सूर्य बुढा, ३३ वर्षीय झनबहादुर बुढा र उमेर नखुलेको तीर्थलाल बुढा छन् ।

 यस्तै २३ वर्षीय मिलन बुढा र २४ वर्षीय भेषराज बुढा र २३ वर्षीय कुमार छन्त्याललाई पनि प्रहरीले पक्राउ गरेको छ । होली खेल्ने क्रममा भएको बिबाद र झडपपछि घाईते भएका निसीखोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दिपक परियारको भीरबाट खसालेर हत्या भएको प्रारम्भिक अनुसन्धानले खुलेको प्रहरी उपरिक्षक कृष्णबहादुर पल्ली मगरले बताउनुभयो । 


प्रतिक्रिया