ओखलढुंगामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

चैत्र २४, २०७७ | काठमाडौं

ओलढुंगामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मानेभन्ज्याङ गाउँपालिका–४ स्थित केतुके बजारबाट ढुसेनी गाउँतर्फ गईरहेको ना १ ज ८३३२ नम्बरको जिप दुर्घटानमा परेको हो । दुर्घटनामा स्थानीय ७१ वर्षीया विना माया मगर, ५० वर्षीया टुल्कीमाया मगर र ५ वर्षीया डोलकुमारी मगर रहेका छन् । 

घाईते चालक सिद्धिचरण नगरपालिका–१० का २६ वर्षीय कमलबहादुर थापा मगरको जिल्लास्थित मिसन अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शिव कट्टेलले बताउनुभयो । 

घाइते मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सामान बोकेर जाँदै गरेको जिप बाटोदेखि करीब तीन सय मिटर तल खसेको थियो । भीरबाट खसेको कारण मृतक र घाइते दुबैको उद्दार गर्न धेरै समय लागेको प्रहरीले जनाएको छ । डोरीको माध्यमबाट नेपाली सेना र नेपाल प्रहरीले उद्दार गरेका हुन् ।


प्रतिक्रिया