गोरखाका भूकम्प पीडितलाई एकीकृत नमूना बस्ती हस्तान्तरण

वैशाख ९, २०७८ | गोरखा

गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सीपाखामा भूकम्प पीडितका लागि निर्माण गरिएको एकीकृत नमूना बस्ती हस्तान्तरण गरिएको छ । बिहीबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले संयुक्त रुपमा बस्ती हस्तान्तरण गर्नुभयो । 

बस्ती हस्तान्तरण समारोहमा भाग लिन चार वटा हेलिकप्टरमा पुनर्निर्माण प्राधिकरण र एनआरएनएका प्रमुख तथा प्रतिनिधि बिहीबार गुप्सीपाखा आएका थिए । स्थानीय डम्बर सिंह गुरुङलाई लालपुर्जा वितरणसँगै बस्ती हस्तान्तरण गरिएको हो । 

पुनर्निर्माण प्राधिकरण, तत्कालीन शहरी विकास मन्त्रालय र गैरआवासीय नेपाली संघबीच त्रिपक्षीय सम्झौता गरी २०७३ बैशाख १२ बाट लाप्राक बस्ती पुनर्निर्माण सुरु भएको थियो । बस्ती पुनर्निर्माण सुरु भएको झण्डै ५ वर्षपछि लाप्राकवासीले नयाँ घर पाएका हुन् । 

गुप्सीपाखामा पाँच सय ७३ घर निर्माण भएसँगै बस्ती आकर्षक बनेको छ । निर्माण सम्पन्न भएका घरमा भूकम्प पीडित पनि सर्न थालेका छन् । २० भन्दा बढी घरधुरी गुप्सीपाखा बस्तीमा सरिसकेको धार्चे गाउँपालिका–४ का वडा अध्यक्ष राज गुरुङले बताउनुभयो ।

लाप्राकस्थित गुप्सीपाखा बस्तीका लागि मत्र ६१ करोड ४० लाख २८ हजार तीन सय १५ रुपैयाँ खर्च भएको एनआरएनएले जनाएको छ । सो मध्ये ५७ करोड ६६ लाख ४ हजार आठ सय ३६ रुपैयाँ बस्ती पुनर्निर्माणमा मात्र खर्च भएको छ ।

एकदेखि डेड वर्षमै बस्ती पुनर्निर्माण सक्ने लक्ष्य राखिएपनि बर्खा र हिमपातका कारण ढिला भएको एनआरएनएका अध्यक्ष कुमार पन्तले बताउनुभयो । ढिलै भएपनि सुन्दर बस्ती बनाएर हस्तान्तरण गरिएको हउाँले बताउनुभयो ।

गुप्सीपाखालाई पूर्वाधारयुक्त बस्ती बनाईने पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभयो । खानेपानी, ढल, नाली तथा पहिरो नियन्त्रण लगायत काम गर्ने योजना अघि बढाएको उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया