पाथिभरा मन्दिर शनिबारबाट बन्द

वैशाख १०, २०७८ | काठमाडौं

कोरोना संक्रमण उच्च बनेपछि ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर दर्शनार्थीका लागि बन्द गरिएको छ । पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले वैशाख मसान्त सम्मका लागि मन्दिर बन्द भएको जानकारी दिनुभयो । 

भोलि बिहान सुरक्षा विधि अपनाएर पूजा गराउने बाहेक अन्य तीर्थयात्रीलाई मन्दिर नआइदिन समितिले अनुरोध गरेको छ । सरकारले भने यसअघि नै मठ, मन्दिर, गुम्बा, चैत्य बन्द गर्ने निर्णय यसअघि नै गरेको थियो । 


प्रतिक्रिया