बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

वैशाख २१, २०७८ | बैतडी

बैतडीको पंञ्चेश्वर गाँउपालिका—६ गणमेश्वरमा से १ ज १८३ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ४ जनाको घटनास्थलमा र दुई जनाको उपचारका लागि लैजादै गर्दा बाटैमा मृत्यु भएको हो । 

दुर्घटनामा पञ्चेश्वरका ५० वर्षीया जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ बर्षीय हिक्मत भण्डारी र ४० बर्षीय दीपक भण्डारीको तथा चालक तेज बहादुर बोहरा, खेमसिंह भण्डारीको मृत्यु भएको प्रहरी नीरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । घाइते ५ जनाको जिल्ला अस्पतात बैतडी उपचार भइरहेको छ ।   


प्रतिक्रिया