अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई ड्युटीका लागि तयार रहन सेनाको निर्देशन

वैशाख २२, २०७८ | काठमाडौं

कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका लागि आवश्यक परेको खण्डमा नेपाली सेनाले रिटायर्ड कर्मचारीलाई सेवामा फिर्ता बोलाउने भएको छ । ‘रिकल टु डिउटी' सम्बन्धि निर्देशन जारी गरेर जंगी अड्डाले अवकाश पाएका सैनिक स्वास्थ्यकर्मीहरुलाई आवश्यक परेमा सेवामा फिर्ता हुन भएको हो । 

प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले २०७२ पछि सेनाको स्वास्थ्य सेवाबाट अवकाश पाएका स्वास्थ्यकर्मीहरुलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी हालतमा रहन निर्देशन जारी गरेको हो । ०७२ पछि सेवा निवृत भएका ३ सय बढी सैनिक स्वास्थ्यकर्मी छन् । 

सवैभन्दा पहिला उनीहरुलाई आन्तरिक कर्मचारीको उपचारमा खटाउने र आवश्यक परे अन्य अस्पालहरुमा पठाउन सकिने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताउनुभयो । कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि सेनाले निर्वाह गर्नुपर्ने थप भूमिकाको पूर्वानुमान एवं कार्यान्वयनका लागि विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारी गरिरहेको पनि जंगी अड्डाले जनाएको छ ।


प्रतिक्रिया