कोरोना संक्रमणबाट मृत्यु

वैशाख २४, २०७८ | पूर्वी नवलपरासी

पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कावासोती नगरपालिका वडा नम्बर २ का ६१ बर्षीय पुरुषको उपचारका क्रममा आज बिहान चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट यो महिना मात्र पूर्वी नवलपरासीका ९ जनाको मृत्यु भैसकेको छ । जिल्लामा कोरोना संक्रमित ५ सय २२ जना होम आइसोलेशनमा छन । 


प्रतिक्रिया