एकै दिन ९ हजार १ सय ९६ जनामा कोरोना पुष्टि, ५० जनाको मृत्यु

वैशाख २४, २०७८ | काठमाडौं

नेपालमा कोरोना संक्रमणको ग्राफ दैनिक उच्च बन्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार १ सय ९६ जनामा संक्रमण पुष्टी भएको छ । १९ हजार ९ सय ८७ पीसीआर परीक्षणबाट ९ हजार २३ र ४ सय ९५ एन्टिजेन परीक्षणबाट १ सय ७३ जनामा संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएको छ ।

 २४ घण्टामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणको ४५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३ हजार ८९ , ललितपुरमा ६ सय ४३ र भक्तपुरमा ३ सय ७४ जना गरी काठमाण्डौं उपत्यकामा ४ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । होम आइसोलेसनमा ७२ हजार ६ सय ६९ र संस्थागत आइसोलेसनमा ५ हजार ८ सय ६० जना गरी मुलुकभर सक्रिय संक्रमितको संख्या ७८ हजार ६ सय २९ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै ३४ हजार ६ सय २१ जना सक्रिय संक्रमित छन् । आईसीयुमा ७ सय २८ र भेन्टिलेटरमा २ सय ३१ जना छन् ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखी ३९ वर्ष उमेर समुहका २ हजार २ सय ५० जनामा संक्रमण पुष्टि भएको छ । ९ वर्ष मुनीका थप २ सय ४ जना बालबालिकामा संक्रमण पुष्टी भएको छ । आईसीयुमा ७ सय २८ र भेन्टिलेटरमा २ सय ३१ जना छन् । मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपलान्चोक, मकवानपुर, धादिङ, नुवाकोट, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत तथा कैलालीमा ५ सय बढी संक्रमित उपचारत छन् । पछिल्लो २४ घण्टामा ५० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ५ सय ७९ पुगेको छ । 


प्रतिक्रिया