बागमतीका सबै जिल्ला अस्पतालमा पीसीआर ल्याब स्थापना गरिने

वैशाख २६, २०७८ | मकवानपुर

बागमती प्रदेश सरकार मातहतको जिल्ला अस्पतालहरुमा पीसीआर ल्याब स्थापना गरिने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको भन्दै पीसीआर परीक्षणका लागि ल्याब स्थापना गर्न लागिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले गरेको हो । 

बागमती प्रदेशको १३ मध्ये ६ वटा जिल्ला अस्पतालमा पीसीआर ल्याब स्थापना भईसकेको छ । अब प्रदेश अन्तर्गत धादिङ, सिन्धुपाल्चोक, रामेछाप, रसुवा, काठमाडौं, ललितपुर र चितवनमा ल्याब स्थापना हुनेछ । केहीदिन अघि मात्रै दोलखाको चरिकोटमा अत्याधुनिक ल्याबले पीसीआर परीक्षण गर्न सुरु गरिसकेको छ । 

पीसीआर मेसिन खरिद गरी ल्याब स्थापना गर्न, आवश्यक प्रक्रया अगाडि बढाइसकेको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले बताउनुभयो । कोरोना परीक्षणका लागि मन्त्रालयले तत्काल एन्टिजेन किट पठाएको र आरटी पीसीआर सेवा सञ्चालनका लागि प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो । 

मन्त्री बस्नतले मन्त्रालयले मेसिन खरिद लगायतका आवश्यक प्रक्रिया सुरु गरिसकेको बताउनुभयो । यसअघि प्रदेशका ६ वटा जिल्लामा सामाजिक विकास मन्त्रालयले नै पीसीआर ल्याब स्थापना गरेको थियो ।


प्रतिक्रिया