जनमोर्चाद्वारा गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

वैशाख २७, २०७८ | कास्की

राष्ट्रिय जनमोर्चा पार्टी (राजमो) ले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राष्ट्रिय जनमोर्चाले मौखिम रुपमा बैशाख १ मा समर्थन फिर्ता लिएको बताएपनि आधिकारीक रुपमा आज फिर्ता लिएको हो । 

राष्ट्रिय जनमोर्चा प्रदेशसभा सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएको छ । निर्णायक भूमिकामा रहेको राष्ट्रिय जनमोर्चाले बैशाख १ मा गण्डकी र लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएको थियो ।

गण्डकीमा राष्ट्रिय जनमोर्चाका ३ जना सांसद छन् । सोमबार बिहान ११ बजे बसेको राष्ट्रिय जनमोर्चाको संसदीय दलको बैठकले समर्थन फिर्ता लिएको सचिवालयले जनाएको छ । 

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट, प्रदेश अध्यक्ष शंकर बराल लगायतको सहभागीतमा बसेको बैठकले नयाँ सरकार गठनको लागि विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) लाई सघाउने निर्णय गरेको छ । 

राष्ट्रिय जनमोर्चाले ३ बजेभित्र हस्ताक्षर बुझाउने बताएको छ । मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले आइतबार नै पदबाट राजीनामा दिईसक्नु भएको छ । उहाँविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि आज मतदान हुने कार्यक्रम थियो । चार दलको गठबन्धन भएमा गण्डकीमा बहुमत पुग्छ ।


प्रतिक्रिया