ट्रकको ठक्करबाट दम्पतीको मृत्यु

वैशाख २८, २०७८ | सप्तरी

ट्रकको ठक्करबाट सप्तरीमा एक दम्पतीको मृत्यु भएको छ । 

३८६१ नम्बरको ट्रकले ठक्कर दिदा हनुमाननगर कंकालिनी नगरपालिका ३ का ४५ बर्षीय सत्यनारायण मण्डल र उनकी श्रीमती ४० बर्षीया सुनितादेवी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारका लागि स्थानीय भारदह अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको डिएसपी काफलेले बताउनुभयो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


प्रतिक्रिया