कोरोना संक्रमणबाट एकको मृत्यु

जेष्ठ १, २०७८ | भोजपुर

कोरोना भाइरसको संक्रमणका कारण भोजपुरमा एकजनाको मृत्यु भएको छ । कोरोना संक्रमित भोजपुर नगरपालिका–९, पानीट्याङ्कीका ४२ बर्षीय पुरुषको उपचारका क्रममा काठमाडौंको मृत्यु भएको हो । 

संक्रमितको अवस्था गम्भिर बन्दै गएपछि उनलाई हिजो हेलिकप्टरबाट काठमाडौको टिचिङ अस्पताल ल्याइएको थियो । उच्च रक्तचाप, मधुमेहबाट पनि ग्रसित उनलाई स्वासप्रश्वासमा समस्या देखिएपछि गत बैशाख ३० जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कोरोना पुष्टि भएको थियो । 


प्रतिक्रिया