घ्याल्चोकमा कोभिड अस्पताल संचालनमा

जेष्ठ २, २०७८ | गोरखा

गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक स्थित स्वास्थ्य चौकीमा १० बेड क्षमताको कोभिड–१९ उपचार केयर सेन्टर संचालनमा आएको छ । मेडिकल अपिसर सहितको स्वास्थ्यकर्मीको टिम राखेर केयर सेन्टर संचालनमा ल्याइएको घ्याल्चोक स्वास्थ्य चौकीका इन्चार्ज विमल रेग्मीले बताउनुभयो । केन्द्रमा मेडिकल अफिसर, हेल्थ असिन्टेन्ट, स्टाफ नर्स र अहेव १–१ जना ब्यवस्थापन गरिएको छ । 

 कोरोना संक्रमितको सहज उपचारका लागि संचालनमा आएको केन्द्रले वैशाख २७ गतेबाट उपचार पनि थालेको छ । स्वास्थ्य चौकी मातहतको दुई भवन मध्ये अर्धस्थायी प्रकृतिको प्रिफ्याव भवनमा १० बेड तयार गरेर सेवा थालेको उहाँले बताउनुभयो । एउटा भवनमा आइसोलेसन र अर्को भवनबाट नियमित सेवा प्रवाह गरिएको छ । विरामीका लागि आवश्यक पर्ने पाँच वटा ठुला र ६ वटा साना अक्सिजनको पनि गाउपालिकाले ब्यवस्थापन गरेको छ । 

घ्याल्चोकमा केन्द्र संचालनमा आएसँगै विरामीलाई जटिल खालको स्वास्थ्य समस्या भए काठमाडौ चितवन लगायतका अस्पतालमा रेफर गर्न सजिलो हुने रेग्मीले बताउनुभयो । गण्डकी गाउपालिकाको मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा पनि पाँच वेड क्षमताको आइसोलेसन संचालनमा रहेको गाउपालिका अध्यक्ष होम बहादुर रानाले बताउनुभयो । हाल गाउँपालिकाभरि २९ जना सक्रिय संक्रमित होम आइसोलेसनमा रहेको उहाँले उल्लेख गर्नुभयो । 


प्रतिक्रिया