सेती अस्पतालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु

जेष्ठ ९, २०७८ | धनगढी

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा उपचाररत थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार दिउँसोसम्म अस्पतालमा ८२ जना संक्रमितको उपचार भईरहेको छ । 

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार संक्रमणबाट मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका–५ का ४७ वर्षीय पुरुष, कैलालीको धनगढी–२ का ६५ वर्षीय पुरुष, कैलालीको गोदावरी–१ का ५५ वर्षीय पुरुष, कैलालीको कैलारी–९ का ४५ वर्षीय पुरुष र कैलालीकै धनगढी–५ का ६२ वर्षीय पुरुष रहेका छन् । 

सूचना अधिकारी श्रेष्ठका अनुसार अस्पतालमा आइतबार दिउँसो सम्म उपचार गराइरहेका संक्रमित मध्ये १२ जना आइसीयूमा, अक्सिजनको सपोर्टमा ७० जना संक्रमित छन् । १२ पुरुष र ६ महिला समेत गरी अवस्थाका १८ जना संक्रमित आकस्मिक कक्षमा उपचाररत छन् । 

पछिल्लो २४ घण्टामा ३० जना संक्रमण मुक्त भएका छन् भने १४ जना नयाँ संक्रमित भर्ना भएको श्रेष्ठले जानकारी दिनुभयो । यस्तै, पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको पीसीआर प्रयोगशालामा ५ सय ६५ जनाको परीक्षण गरिएको छ । जसमध्ये १ सय २९ जनामा कोरोना पोजेटिभ पुष्टी भएको हो । पोजेटिभ देखिएका संक्रमितहरुको संख्या पनि यो साताकै सबैभन्दा कम रहेको छ ।


प्रतिक्रिया