सीजी ब्रुअरीको आगो १० घण्टा पछि नियन्त्रणमा

जेष्ठ १९, २०७८ | पूर्वी नवलपरासी

पूर्वी नवलपरासीको दुम्कौलीमा रहेको चौधरी ग्रुप अन्तर्गतको सिजी ब्रुअरीमा लागेको आगो १० घण्टापछि नियन्त्रणमा आएको छ । देवचुली नगरपालिकाको दुम्कौलीमा रहेको चौधरी ग्रुप इण्डिस्ट्रीयल पार्कमा रहेको सिजि ब्रुअरीमा आज बिहान सवा ८ बजे आगो शुरु भएको हो ।

८ वटा दमकलसहित प्रहरी, सेना, स्थानीय र उद्योगका मजदुरको प्रयासमा आगो नियन्त्रणमा आएको हो । अल्कोहल बढी प्रज्वलनशील भएकाले नियन्त्रणमा कठिनाई भएको जिल्ला प्रहरीका प्रबक्ता दिलिप गिरीले जानकारी दिनुभयो । बियर कारखानाको गोदामवाट आगो लागेको प्रारम्भिक जानकारी पाएपनि क्षतीको विवरण आउनबाकी रहेको चौधरी ग्रुपका महाप्रबन्धक मधुु् पौडेलले बताउनुभयो । 

आगलागीबाट गोदाममा तैयारी अबस्थामा राखिएको ६० हजार कार्टुन बियर जलेर नष्ट भएको छ । बियर कारखानको इन्जिनियरिंग बिभाग, गोदाम, कार्टुन गोदाम र कार्यालय जलेर नष्ट भएको छ ।

चौधरी ग्रुपको दुम्कौलीमा रहेको चौधरी ग्रुप इण्डिस्ट्रीयल पार्कमा करिब एक दर्जन बिभिन्न कारखाना रहेको छ । बियर कारखाना बाहेक अन्य सबै कारखाना जोगिएको छ । 


प्रतिक्रिया