सेती प्रादेशिक अस्पतालमा कालो ढुसी संक्रमणबाट एकजनाको मृत्यु

जेष्ठ २०, २०७८ | धनगढी

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ब्ल्याक फंगस ( कालो ढुसी) रोगको संक्रमणबाट एकजनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा मात्र नभइ सम्भवत: सुदूरपश्चिममै ब्ल्याक फंगस रोगको संक्रमणबाट मृत्यु भएको यो पहिलो केस हो । अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार मृत्यु हुनेमा कैलालीको बर्दगोरिया नगरपालिका –६ का ६५ वर्षिय पुरुष हुन । उनी जेठ १७ देखि अस्पतालको आइसियुमा भर्ना भइ उपचार गराइरहेका थिए । 

सूचना अधिकारी श्रेष्ठ ती व्यक्तिमा ब्लाक फंगसको लक्षण देखिएको आधारमा उपचार भइरहेको बताउनुभयो । अस्पतालका डां शेर बहादुर कमर, डा. अशोक श्रीपाइली निशान भट्टराइ र इएनटी चिकित्सकको टीम उनको उपचारमा संलग्न थियो । मृतकको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएको छ ।

यसअघि कोरोना भएको कुनै पनि हिष्ट्रि नभेटिएको र मृत व्यक्तिले समेत थप केहि जानकारी नदिएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । उनको बायोप्सी परीक्षण गर्दा ब्ल्याक फंगसको संक्रमण पुष्टी भएको उहाँले बताउनुभयो ।  


प्रतिक्रिया