सभामुख सापकोटाले बोलाए सर्वदलिय बैठक

जेष्ठ २६, २०७८ | काठमाडौं

सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सभामुख सापकोटाले लिखित निमन्त्रणा पठाउनु भएको छ । सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेका अनुसार प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू, संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई बैठकमा बोलाइएको छ ।

समसामयिक विषयमा छलफल गर्नका लागि बैठकको आयोजना गरिएको बताइएको छ । बैठक शुक्रबार दिउँसो २ बजेका लागि तय गरिएको छ । संघीय संसद् भवन नयााँ बानेश्वरको ल्होत्से हलमा बैठक आयोजना गरिएको हो । प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुखले पहिलोपटक सर्वदलीय बैठक बोलाउनु भएको हो । यसअघि उहाँले पूर्वसभामुख, कानुन व्यवसायी, राजनीतिक दलका नेतालगायतसंग परामर्श गर्नु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधिसभा विघटन गर्नु भएको थियो । 


प्रतिक्रिया