गाँजा र ७ लाख नगदसहित ६ जना पक्राउ

असार ६, २०७८ | विराटनगर

विराटनगरमा प्रहरीले १८ किलो गाँजा र ७ लाख १९ हजार ८ सय नगदसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना भारतीय नागरिक छन् ।

सुनसरीको देवानगन्ज १ का ४० वर्षीय उमेश यादव, धरान–१३ का ४५ बर्षीय सुर्य राई र धनकुटाको सहिद भूमि गाउँपालिका १ का ३२ वर्षीय रुद्र राईलाई पक्राउ गरेको छ । यस्तै, भारतीय नागरिक १९ बर्षीय सोनु कुमार यादव, २८ बर्षीय जयराम यादव र ३० बर्षीय प्रिन्स विचितर कुमार पक्राउ परेका हुन् । 

को १ च २४१२ नम्बरको मारुती भेनमा सुरक्षा जाँचका क्रममा उनीहरुको साथबाट ७ लाख १६ हजार ६ सय र भारतीय रुपैयाँ २ हजार समेत बरामद भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताउनुभयो । प्रहरीले अनुसन्धानका क्रममा विराटनगर ६ रामपुरस्थित झाडीमा लुकाएर राखेको १८ किलो गाँजा समेत बरामद गरेको छ । 

पक्राउ परेका ६ जनाविरुद्ध लागुऔषध कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डिएसपी राईले बताउनुभयो । 


प्रतिक्रिया