प्रदेश १ मा आजबाट बजेटमाथि छलफल सुरु हुँदै

असार ७, २०७८ | काठमाडौं

प्रदेश १ सभाको बैठकमा आजदेखि प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेटमाथि छलफल सुरु हुने भएको छ । प्रदेशसभाको दिउँसो १ बजेबाट सुरु हुने बैठकमा बजेटमाथिको छलफल सुरु हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताउनुभयो ।

 प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले आउँदो आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाखको अनुमानित बजेट प्रदेशसभामा प्रस्तुत गर्नु भएको छ ।  


प्रतिक्रिया