ललितपुरका ज्येष्ठ नागरिकलाई दोश्रो डोज खोप लगाइँदै

असार ९, २०७८ | काठमाडौं

ललितपुर महानगरपालिकाले आजदेखि ७७ बर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोपको दोश्रो मात्रा लगाउने भएको छ । महानगरले ७७ बर्ष माथिका दुई हजार २ सय २० जनालाई कोभिसिल्डको दोस्रो मात्रा दिन लागेको हो ।

महानगरले तोकिएका ८ केन्द्रबाट बिहान १० देखि ४ बजेसम्म खोप दिने जनाएको छ । ललितपुर ५, ६, ७, ८, १२, १४, १५, १७ र १९ का नागरिकले लगनखेलस्थित पशु सेवा केन्द्र, पशु अस्पतालमा गएर खोप लगाउनुपर्नेछ । 

त्यस्तै वडा नम्बर १, ९, १०, ११, १६ र २० का नागरिकले पाटनढोका ९ पाटन हाईस्कुल, वडा नम्बर २, ३, ४ र १३ का नागरिकले ललितपुर महानगरपालिका प्राङ्गणमा तथा वडा नम्बर २३ र २४ का नागरिकले धापाखेल स्वास्थ्य चौकीमा गएर खोप लगाउनुपर्नेछ ।

यसैगरी २६ र २७ वडाका नागरिकले सुनाकोठीस्थित बालकुमारी स्कुल, वडा नम्बर २१ र २२ का नागरिकले कार्यविनायक स्कुल, वडा नम्बर २८ र २९ का नागरिकले हरिसिद्धि स्वास्थ्य चौकीमा र वडा नम्बर १८ र १५ का नागरिकले सैंबु स्वास्थ्य चौकीमा गएर कोरोनाविरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा खोप लगाउने व्यवस्था मिलाईएको छ । 


प्रतिक्रिया