कर्णाली नदीबाट २ वर्षसम्म ढुंगा गिट्टी बालुवा ननिकाल्ने निर्णय

असार १६, २०७८

कर्णाली नदीको जोखिम रोक्न २ वर्षसम्म ढुंगा, गिट्टी र बालुवा ननिकाल्ने निर्णय भएको छ । कैलाली र बर्दियाका सरोकारवालाबीच भएको समन्वय बैठकले कर्णाली नदीमा २ वर्षसम्म नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का नदिने निर्णय भएको हो । 

पानीको बहाव व्यवस्थापनका लागि नदीको बीचमा रहेको ढिस्को तथा वन व्यवस्थापन गर्न पहल गर्ने, सत्तीघाट पुलको जोखिम रोक्न पुलको माथिल्लो भागमा टीकापुर र राजापुर नगरपालिकाले आपसी समन्वयमा नदीजन्य पदार्थ उत्खनन गरी राजश्व बाँडफाड गर्ने लगायतका निर्णय भएको बताइएको छ ।  


प्रतिक्रिया