इटहरी उपमहानगरको कार्यालय र वडाहरु एकसाता बन्द

श्रावण ११, २०७८

इटहरी उपमहानगरपालिकाका केही कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि एकसाताका लागि कार्यालय बन्द गरिएको छ । इटहरीका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीका अनुसार उपमहानगरको कार्यालयसहित सबै वडा कार्यालयहरुमा भोलिदेखि १८ गतेसम्म बन्द गरिएको छ । उहाँले अत्यावश्यक तथा आन्तरिक कार्यबाहेक अन्य सेवाहरु एक सातालाई बन्द गरिएको बताउनुभयो । 

लामो समय निषेधाज्ञा जारी भएपनि इटहरीमा कोरोना संक्रमितको संख्या र मृत्यु हुनेको संख्यामा कुनै कमि नआएको र उपमहानगर कार्यालय तथा वडा कार्यालयहरुमा कार्यरत केही कर्मचारीहरुमा कोरोना संक्रमण पुस्टी भएकाले एकसाताका लागि कार्यालय बन्द गरिएको हो । कार्यालय बन्द अवधिमा अस्पताल तथा स्वास्थ्य सेवा, एम्बुलेन्स सेवा, सरसफाई तथा फोहोर मैला व्यवस्थापन सेवा, दमकल सेवा, भेटनरी सेवा मात्र उपलब्ध हुने अधिकृत सुवेदीले बताउनुभयो । 


प्रतिक्रिया