कर्णाली नदीमा डुंगा पल्टिदा एकको मृत्यु ३ बेपत्ता

श्रावण १७, २०७८ | टीकापुर

कर्णाली नदीमा डुंगा पल्टिदा १ जनाको मृत्यु भएको छ ३ जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका जाने क्रममा डुंगा पल्टिएको हो ।

डुंगा पल्टिदा २२ वर्षिया धनसरी सलामीको मृत्यु भएको प्रहरीले जनाएको छ । २० वर्षिया पार्वती थापा, २२ वर्षिया उर्मिला सलामी र १० दिनको उनको बच्चा बेपत्ता भएको प्रहरीले जनाएको छ । डुंगामा सवार १० जनामध्ये २ जना बच्च घाइते भएका छन् । डुंगामा सवार अन्य भने पौडिएर जोगिएको जनाइएको छ । 


प्रतिक्रिया