नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङद्वारा पदभार ग्रहण

श्रावण १८, २०७८ | पोखरा

गण्डकी प्रदेशका नवनियुक्त प्रदेशप्रमुख पृथ्वीमान गुरुङले सोमबार पदभार ग्रहण गर्नुभएको छ । शहिदचोकस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो पदभार ग्रहण गर्दै गुरुङले संविधान र कानुन अनुसार काम गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “सबै राजनीतिक दलहरुलाई मिलाएर लैजाने प्रयास गर्नेछु र प्रदेशको अभिभावकको भूमिका निभाउँछु ।” गुरुङलाई मन्त्रीपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन १२ मा प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो । संघीयता कार्यान्वयन भएको साढे ३ वर्षको अवधिमा गुरुङ गण्डकी प्रदेशमा चौथो प्रदेश प्रमुख हुन् । 


प्रतिक्रिया