चुमभ्याली पुग्ने झोलुङ्गे पुल चुँडिएपछि सर्वसाधारण मर्कामा

श्रावण २०, २०७८

गोरखाको चुमनुव्री गाउँपालिका–६ चुम्चेत स्थित डुयु खोला माथिको झोलुङ्गे पुल पहिरोका कारण चुँडिएपछि सर्वसाधारण मर्कामा परेका छन् । चुमभ्याली अन्तरगत छेकम्पार र चुम्चेत पुग्ने लोक्पा स्थित मुलबाटोको झोलुङ्गे पुलको लठ्ठा गएराति पहिरोले चुडाँएपछि आउजाउमा समस्या थपिएको लोक्पाका सरोज लामाले बताउनुभयो । 

लठ्ठा चँडिएपछि पुलको एक भाग झोल्लीएर हिड्न नमिल्ने गरी क्षतिग्रस्त भएको छ । पुल क्षतिग्रस्त बनेसँगै चुम्चेत र छेकम्पारका १८ गाउँका स्थानीय समस्यामा परेका छन् । 


प्रतिक्रिया