दार्चुला घटना छानविन गर्न गएको टोली सीमा क्षेत्रबाटै फर्कियो

श्रावण २१, २०७८

दार्चुला घटनाको स्थलगत अनुगमनका लागि भएको सहसचिव सहितको टोली सीमा क्षेत्रबाटै फर्किएको छ । गत शुक्रबार भारतीय सुरक्षाकर्मीले तुइनको डोरी काटिदिंदा दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएको घटना छानविन गर्न मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय टोली मंगलबार दार्चुला पुगेको थियो । 

टोली घटना भएको नेपाली भूमिमा नपुगी भारतीय सीमाबाटै फर्किएको भन्दै पीडित पक्ष र स्थानीयले विरोध जनाएको हाम्रा सहकर्मी मनोज बडुले जानकारी दिए । भारतीय सुरक्षाकर्मी संगै सीमा पुगेको टोली नेपाली भूमिमा नपुगी आज सदरमुकाम फर्किएको छ ।  


प्रतिक्रिया