प्रदेश २ अपराध र अतिवादको चपेटामा : प्रदेश प्रमुख झा

श्रावण २४, २०७८ | राजविराज

प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले राष्ट्रिय एकता, नागरिकता, भ्रष्टाचार नियन्त्रण र सीमा सुरक्षाका विषय सम्झौताका विषय नभएको बताउनु भएको छ । सप्तरीको राजविराजस्थित जिल्ला प्रसासन कार्यालयमा आइतबार आयोजित कार्यक्रममा प्रदेश प्रमुख झाले अपराध र अतिवादको चपेटामा प्रदेश २ परेको बताउनुभयो । 

उदारवाद, अुनदारवाद, चरमपन्थी, कटरवाद, बिग्रह हुँदै हिंसा हुने गरेको भन्दै सामान्य घटनाहरुमा पनि पार्टीगत गन्ध आउनुले समाजको सकारात्मक परिवर्तनमा समस्या सिर्जना गरेको उहाँले बताउनुभयो । 

प्रदेश प्रमुख झाले राजनीति र अपराधलाई छुटयाउन सके मात्र समाज सबल हुने भन्दै समभावमा आधारित समाज निर्माणमा सबैले आ–आफनो स्थानबाट भूमिका खेल्नुपर्ने बताउनुभयो । गलत प्रक्रियाबाट नेपाली नागरिकता लिनेलाई मात्र नभई दिने समेतलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उहाँको भनाई थियो । 

कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य लगायत सुरक्षा निकायका प्रमुख र सञ्चारकर्मीले जिल्लाको अवस्था र सञ्चारकर्मीको समस्याका विषयमा धारणा राखेका थिए । 


प्रतिक्रिया