नारायणी अस्पतालमा अख्तियारको छापा

श्रावण ३२, २०७८ | वीरगन्ज

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्जस्थित नारायणी अस्पतालको फार्मेसीमा छापा मारी अनुसन्धान थालेको छ । आज अपरान्ह आयोगको हेटौडास्थित कार्यालयको टोलीले अस्पतालको फार्मेसी विभागमा छापा मारेको आयोगका सूचना अधिकारी विष्णु सापकोटाले जानकारी दिनुभयो । 

उहाँका अनुसार टोलीले फार्मेसीको स्टक, म्याद गुज्रेको औषधीको विवरण, खरिद तथा बिक्री सम्बन्धि कागजात नियन्त्रणमा लिएको छ । अस्पतालले गत आर्थिक वर्षमा करिब २१ करोड मूल्य बराबरको उपकरण खरिदको बोलपत्र आह्वान गरेको थियो । अख्तियारको टोलीले उपकरण खरिद टेन्डरको कागजातमा समेत अनुसन्धान गर्ने जनाएको छ । 


प्रतिक्रिया