कम उमेरमा विवाह गर्दा बालबालिकाले पोषण भत्ता पाएनन्

भाद्र १४, २०७८ | रोल्पा

रोल्पामा कम उमेरमा विवाह गरेका दम्पतिबाट जन्मिएका बालबालिका पोषण भत्ताबाट वञ्चित भएका छन् । कम उमेरमा विवाह भएकाको विवाह दर्ता नहुने र विवाह दर्ता बिना जन्मदर्ता समेत गर्न नपाइने भएकाले रोल्पा नगरपालिकाका कम्तीमा ५० दम्पत्तिबाट जन्मिएका बालबालिकाले सामाजिक सुरक्षा अन्तर्गतको पोषण भत्ता पाउन नसकेको वडा सदस्य शेरबहादुर थापाले बताउनुभयो । 

 ५ वर्षमुनिका बालबालिकालाई सरकारले मासिक रुपमा उपलव्ध गराउने ४ सय रुपैयाँको पोषण भत्ता लिन आमाबुबाको विवाह दर्ता र बालबालिकाको जन्म दर्ता अनिवार्य गरिएको छ । रोल्पामा प्रहरीकै सहयोगमा बालविवाह रोक्न अभियान चलाइएका छन् । तर बालविवाह अन्त्यका लागि चेतनामूलक अभियान र रणनीतिक कार्यक्रम सञ्चालन भएपनि प्रभावकारी हुन नसकेको हाम्रा सहकर्मी काशीराम डाँगीले जनाएका छन् । 


प्रतिक्रिया