निजी कम्पनीको रेल नेपाल आउन सुरु

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३०, २०७८ | काठमाडौं

नेपालमा भारतीय निजी कम्पनीबाट पनि रेल आउन शुरु गरेको छ । नेपाल–भारतबीच दुई महिना अघी भएको संशोधित रेल सम्झौता अनुसार भारतीय निजी कम्पनीको रेल आज विरगंज सुख्खा बन्दरगाहमा आईपुगेको हो । 

विभिन्न सामानहरु लिएर भारतीय कम्पनी हिन्द टर्मिनल र सरार्फ ग्रुपको रेल आज विरगञ्ज आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अर्न्तगतको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिनुभयो ।


प्रतिक्रिया