प्रतिमान निमा स्मृति फाउण्डेशनद्वारा प्रदेश एक सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

भाद्र ३०, २०७८ | मोरङ

प्रतिमान निमा स्मृति फाउण्डेशनले प्रदेश १ सरकारलाई एक करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । 

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा आयोजित एक कार्यक्रमकाबीच मुख्यमन्त्री भीमप्रसाद आचार्यलाई फाउण्डेशनकी कार्यकारी निर्देशक स्वाती थापाले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो । 

अमेरिकी गैर सरकारी संस्था प्रोजेक्ट होपको सहयोगमा फाउण्डेशनले ११ प्रकारका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । फाउण्डेशनले गाउन २४ सय थान, फेस शिल्ड २ हजार ३३२ थान, मास्क ८ हजार ४ सय थान, एन ९५ डिस्पोजेबल मास्क १८ सय थान हस्तान्तरण गरेको छ । 

यस्तै, डिजिटल थर्मोमिटर २० थान, प्रोटेक्टीभ फेस शिल्ड १ हजार ८९० थान, पिपिई मेडियम २७६, पिपिई लार्ज २७६, इमरजेन्सी रिलिफ बेड ४ थान, ग्लोब्स एक लाख थान, केएन ९५ प्रोटेक्टीभ मास्क १५ हजार ३६० थान हस्तान्तरण गरेको हो । 

२००७ सालका क्रान्तिका योद्धा स्वर्गीय प्रतिमानचन्द्र बोहोराको स्मृतिमा उनका परिवारजनले फाउण्डेशन स्थापना गरी स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा काम गर्दै आएको छ ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा फाउण्डेशनकी कार्यकारी निर्देशक स्वाती थापाले आगामी दिनमा प्रदेश सरकारसँग समन्वय गरी यस प्रदेशमा कोरोना महामारीसँग लड्न आवश्यक पर्ने थप स्वास्थ्य सामग्री लगायत सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । 

मुख्यमन्त्री आचार्यले प्रदेशबासीको कोरोना महामारीबाट जीवन रक्षाका लागि स्वास्थ्य सामग्री सहयोग गरेकोमा फाउण्डेशन परिवारलाई धन्यवाद दिनुभयो । 


प्रतिक्रिया