माओवादी केन्द्रको महाधिवेशन कार्यतालिका हेरफेर

रेडियो कान्तिपुर संवाददाता

आश्विन ११, २०७८ | काठमाडौं


माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले मन्त्रिपरिषदलाई पूर्णता दिन पहल गर्ने निर्णय गरेको छ । काठमाडौंको पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आज बिहान बसेको बैठकले मन्त्रिपरिषदलाई पूर्णता दिन देखिएको कानूनी जटिलतालाई अविलम्ब हल गरेर अगाडि बढ्न गठबन्धन बैठकमा छलफल गर्ने निर्णय गरेको हो ।

बैठकमा सरकारको पूर्णताको लागि कानून, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दाको विषयमा छलफल भएको नेताहरुले बताएका छन् । स्थायी कमिटीको बैठकले पार्टीको महाधिवेशन केन्द्रित केही कार्यतालिका हेरफेर गर्ने निर्णय समेत गरेको छ । बैठकले सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गर्ने निर्णय गरेको छ । यस्तै, वडा भेलाको बैठक कार्तिक १३ गते गर्ने र मंसिर ४ गते पालिका स्तरीय भेला गर्ने निर्णय पनि बैठकले गरेको छ । प्रदेश सम्मेलन र राष्ट्रिय सम्मेलनको समय भने पुर्वनिर्धारित समयमै हुने माओदावीले जनाएको छ । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म हुँदैछ ।   


प्रतिक्रिया