सरकारले विश्वासको मत पाउने सम्भावना छ : मुख्य मन्त्री शाक्य

आश्विन २१, २०७८

बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सरकार अल्पमतमा देखिए पनि विश्वासको मत पाउने सम्भावना रहेको बताउनु भएको छ । नेकपा एमाले रसुवाले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन छलफल भइरहेको बताउनुभयो । 

कार्यकर्ताहरुलाई कमिटी प्रणाली अनुरुप एकजुट भएर लाग्न उहाँले आग्रह गर्नुभयो । प्रदेश सरकारको मुख्य प्राथमिकता शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, राजनीतिक स्थिरता, सुशासन रहको उहाँको भनाई थियो । 


प्रतिक्रिया