अवरुद्ध धनगढी–डडेलधुरा राजमार्गमा यातायात सञ्चालन

कार्तिक १, २०७८ | धनगढी

पहिरोले अवरु भएको धनगढी–डडेलधुरा राजमार्गको भासु सडकखण्डमा १६ घण्टापछि सञ्चालनमा आएको छ । आइतबार सॉझदेखिको वर्षाका कारण पहिरो खसेर अवरुद्ध भएको धनगढी–डडेलधुरा राजमार्गको भासु सडकखण्ड सोमबार दिउँसोबाट सञ्चालनमा आएको हो । 

अत्तरियास्थित सुदूरपश्चिम ट्राफिक कार्यालयका प्रमुख (एसपी) बामदेव गौतमका अनुसार भासु सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध हुँदा आइतबार रातिदेखि नै सुदूरपश्चिम प्रदेशका ७ वटै पहाडी जिल्लाको यातायात सेवा प्रभावित भएको थियो । 

एसपी गौतमले भन्नुभयो, ‘पहिरो हटाएपछि सोमबार दिउ‘सोबाट यातायात सेवा सञ्चालन भएको हो ।’ एसपी गौतमका अनुसार पहिरो खसेर डोटी–अछाम राजमार्गको साफेबगर चौखुट्टे सडकखण्ड पनि अवरुद्ध छ । 

पहिरो हटाएर यातायात सञ्चालन गर्ने काम भइरहेको एसपी गौतमले जानकारी दिनुभयो । कतिपय ग्रामीण सडक पनि वर्षाका कारण पहिसो खसेर अवरुद्ध भएको हुन सक्ने एसपी गौतमले जानकारी दिनुभयो । 

बझाङ जोडने जयपृथ्वी राजमार्गको खोडपे सडकखण्ड पहिरोले केही समय अवरुद्ध भएकोमा पहिरो पन्छाएर यातायात सञ्चालन भइसकेको सुदूरपश्चिम ट्राफिक कार्यालयले जनाएको छ ।


प्रतिक्रिया